काठमाडौँमा आदिवासी अधिकारबारे एसियाली छलफल, कार्यान्वयन कमजोर भएकोमा चिन्ता

सिर्जन मिडिया
२०८३/०२/०७
View Updating
लाइभ: १२ पढ्दैछन्
काठमाडौँमा आदिवासी अधिकारबारे एसियाली छलफल, कार्यान्वयन कमजोर भएकोमा चिन्ता

झापा । एसिया इन्डिजिनियस पिपल्स प्याक्ट (AIPP) का अध्यक्ष बेभरली लङ्गिड्ससहितको टोलीसँग नेपालमा आदिवासी जनजातिका सवाल र वर्तमान अवस्थाबारे विस्तृत छलफल गरिएको छ।

नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) को समन्वयमा महासंघको कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा नेपालसहित विभिन्न एसियाली मुलुकका आदिवासी समुदायले भोगिरहेका साझा चुनौती, अधिकारको अवस्था तथा कार्यान्वयनका पक्षमा केन्द्रित छलफल भएको हो।

कार्यक्रममा AIPP अध्यक्ष लङ्गिड्सले एसियाका धेरै देशमा आदिवासी अधिकार सम्बन्धी कानुनी व्यवस्था भए पनि व्यवहारिक कार्यान्वयन कमजोर रहेको उल्लेख गर्दै, नेपाल पनि त्यसबाट अछुतो नरहेको धारणा व्यक्त गर्नुभयो। उहाँका अनुसार आदिवासी समुदायको उत्थानका लागि राज्य र सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक छ।

नेपालको सन्दर्भमा करिब ३५ प्रतिशतभन्दा बढी जनसंख्या आदिवासी जनजाति भए पनि उनीहरू अझै विभिन्न अधिकारबाट वञ्चित रहेको भन्दै दीर्घकालीन समाधानका लागि सामूहिक प्रयास अपरिहार्य रहेको उहाँले बताउनुभयो। साथै, AIPP ले विभिन्न देशमा पछाडि परेका आदिवासी समुदायको क्षमता विकास र सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी पनि दिनुभयो।

त्यस्तै, NEFIN का अध्यक्ष निमा लामा ह्योल्मोले नेपालको संविधानले आदिवासी जनजातिका अधिकार सुनिश्चित गरे पनि आवश्यक कानुन अभावका कारण धेरै व्यवस्था कार्यान्वयनमा आउन नसकेको बताउनुभयो। उहाँले सरकारले संविधान संशोधनको तयारी गरिरहेको सन्दर्भमा आदिवासी अधिकारसम्बन्धी विषयहरू स्पष्ट रूपमा समेटिनुपर्नेमा जोड दिनुभयो।

छलफलमा AIPP नेपाल प्रमुख जगत बराम, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष लक्की चौधरी, निडाका इन्द्रमाया गुरुङ लगायतका अगुवाहरूले आफ्ना संस्थागत गतिविधि, अनुभव तथा AIPP सँगको सहकार्यका सम्भावनाबारे सुझाव प्रस्तुत गरेका थिए। साथै खडकबहादुर सारु मगर, चकचकी राजवंशी, बन्दना श्रेष्ठ, सुप्रिया लगायतले पनि आदिवासी अधिकार प्रवर्द्धनका लागि साझा पहल आवश्यक रहेको धारणा राखेका थिए।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्