सरकारको दाबी : राहदानी सेवा थप सहज बन्दै, ३० मिनेटमै आवेदन प्रक्रिया सकिने

सिर्जन मिडिया
२०८३/०२/०८
View Updating
लाइभ: १२ पढ्दैछन्
सरकारको दाबी : राहदानी सेवा थप सहज बन्दै, ३० मिनेटमै आवेदन प्रक्रिया सकिने

झापा। परराष्ट्र मन्त्रालयले राहदानी सेवा प्रणालीलाई थप प्रभावकारी र सेवामुखी बनाइएको जनाएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री ले आवश्यक कागजातसहित सेवाग्राही उपस्थित भए आधा घण्टाभित्रै राहदानी आवेदन प्रक्रिया पूरा गर्न सकिने जानकारी दिनुभएको हो ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले राहदानी सेवा हाल नियमित र सहज रूपमा सञ्चालन भइरहेको बताउनुभयो । विभागमा दर्ता गरिएको आवेदनको भोलिपल्टै राहदानी जारी गर्ने व्यवस्था मिलाइएको पनि उहाँको भनाइ छ ।

प्रवक्ता क्षेत्रीका अनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमार्फत दर्ता भएका आवेदन ७ देखि १२ दिनभित्र सम्बन्धित स्थानमा पठाइने व्यवस्था गरिएको छ । साथै सेवाग्राहीको सुविधाका लागि घरमै राहदानी पुर्‍याउने प्रणाली विकास गर्न हुलाक सेवा विभागसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले राहदानी विभागमा नयाँ प्रविधि आधारित प्रणाली लागू गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । हाल मौज्दातमा २ लाखभन्दा बढी साधारण राहदानी रहेको तथा नयाँ आपूर्तिकर्तामार्फत थप २ लाख ५० हजार राहदानी प्राप्त भइसकेको मन्त्रालयले जनाएको छ ।

आगामी पुस मसान्तसम्म राहदानी आवश्यक पर्ने नागरिकलाई जेठ मसान्तभित्रै आवेदन दिन आग्रह गरिएको छ । यसैबीच राहदानी सेवासम्बन्धी जानकारी र सहजीकरणका लागि ‘मोफा मित्र’ मोबाइल एप सार्वजनिक गर्ने तयारी पनि अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्