कुवेत अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालन हुँदै, चरणबद्ध रूपमा उडान सेवा सुरु हुने

सिर्जन मिडिया
२०८३/०२/०८
View Updating
लाइभ: १२ पढ्दैछन्
कुवेत अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालन हुँदै, चरणबद्ध रूपमा उडान सेवा सुरु हुने

झापा।कुवेतले आगामी जुन १ देखि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा अरब तथा अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सहरूको सेवा क्रमिक रूपमा पुनः सञ्चालन गर्ने घोषणा गरेको छ।

नागरिक उड्डयन महानिदेशालयका महानिर्देशक शेख हुमौद मुबारक अल सबाहका अनुसार विमानस्थलको प्रणाली तथा पूर्वाधारमा गरिएको सुधार र आवश्यक मर्मत–सम्भार तथा विकास कार्य सम्पन्न भएपछि उडान पुनः सुरु गर्ने निर्णय गरिएको हो।

उनले सुरक्षित, सहज र व्यवस्थित हवाई सेवा सुनिश्चित गर्न सम्पूर्ण तयारी भइरहेको उल्लेख गर्दै प्राविधिक मूल्याङ्कनका आधारमा चरणबद्ध रूपमा विमानस्थल सञ्चालनमा ल्याइने जानकारी दिनुभयो।

त्यसैगरी, टर्मिनल–१ मा यात्रु सुविधाको स्तर उन्नति गर्दै उच्च सुरक्षा मापदण्डअनुसार यात्रु प्रवाह सहज बनाउन विभिन्न सुधार तथा विकास कार्यहरू निरन्तर जारी रहेको पनि उहाँले बताउनुभएको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्