बकर इदमा जेठ १४ गते सार्वजनिक बिदा

सिर्जन मिडिया
२०८३/०२/०८
View Updating
लाइभ: १२ पढ्दैछन्
बकर इदमा जेठ १४ गते सार्वजनिक बिदा

सरकारले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व बकर इद (इद–उल–अजहा) का अवसरमा आगामी जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले बिहीबार जारी गरेको सूचनामा मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार यस वर्ष बकर इद सोही दिन पर्ने उल्लेख गरिएको छ।

वि.सं. २०८२ मङ्सिर १६ गते नेपाल राजपत्रमा प्रकाशित व्यवस्थाअनुसार बकर इदको दिन सार्वजनिक बिदा दिने प्रावधान रहेकाले उक्त मितिमा देशभर बिदा लागू हुने मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयले देश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई शुभकामना पनि व्यक्त गरेको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्