देशभर मिश्रित मौसम : केही प्रदेशमा भारी वर्षा, तराईमा तातो लहरको सम्भावना

सिर्जन मिडिया
२०८३/०२/०९
View Updating
लाइभ: १२ पढ्दैछन्
देशभर मिश्रित मौसम : केही प्रदेशमा भारी वर्षा, तराईमा तातो लहरको सम्भावना

देशका विभिन्न क्षेत्रमा आज मौसमको फरक–फरक प्रभाव देखिने भएको छ। कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान गरिएको छ भने अन्य प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ। तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेशसहित ती प्रदेशका केही तराई क्षेत्रमा पनि चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ।

गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्क रहन विभागले आग्रह गरेको छ। यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा तातो दिन तथा तराई भू–भागमा तातो लहर चल्न सक्ने सम्भावना रहेको छ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा बदली कायम रहनेछ। कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। साथै पहिरो, डुबान तथा चट्याङबाट हुन सक्ने जोखिमप्रति सचेत रहन आग्रह गरिएको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्