हल्दीबारीमा अपाङ्गता भएका व्यक्तिका लागि आयुर्वेदिक सामग्री बनाउने तालिम सम्पन्न

सिर्जन मिडिया
२०८३/०२/०४
View Updating
लाइभ: १२ पढ्दैछन्
हल्दीबारीमा अपाङ्गता भएका व्यक्तिका लागि आयुर्वेदिक सामग्री बनाउने तालिम सम्पन्न

झापा हल्दीबारी । हल्दीबारी अपाङ्गता स्वावलम्वन संस्थाको आयोजना तथा हल्दीबारी गाउँपालिका वडा नं. ०२ कार्यालयको आर्थिक सहयोगमा सञ्चालन गरिएको ३ दिने आयुर्वेदिक जडीबुटीजन्य सामग्री बनाउने तालिम सम्पन्न भएको छ।

हल्दीबारी–०२ स्थित सभाहलमा आयोजित तालिममा हातेमालो मिलिजुली समूहका अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकहरूको सहभागिता रहेको थियो। तालिममा आयुर्वेदिक जडीबुटीबाट नुहाउने साबुन, झोल साबुन तथा फिनेल बनाउने सीप प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ। समापन कार्यक्रममा संस्थाका अध्यक्ष लाल बहादुर कन्दङ्वाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा हल्दीबारी–०२ का वडा अध्यक्ष शुकलाल राजवंशी उपस्थित रहेका थिए। त्यसैगरी वडा सदस्यहरू रचना कुलुङ्ग, विष्णु बहादुर राई, अम्बिका तोलाङ्गी, गणेश कुमार मगर तथा वडा सचिव मदन थापाको पनि उपस्थिति रहेको थियो।

तालिममा जम्मा ४० जना सहभागी रहेको आयोजकले जनाएको छ। तालिमका प्रशिक्षक पुष्प लाल घिमिरे रहेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका सचिव राम प्रसाद टुडुले गरेका थिए। आयोजकका अनुसार यस्ता सीपमूलक तालिमले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बन्न तथा स्वरोजगारतर्फ प्रेरित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्