बिर्तामोड–९ मा सन्थाल संस्कृतिको संरक्षणबारे अन्तरक्रिया, ज्येष्ठ नागरिक सम्मानित

सिर्जन मिडिया
२०८३/०३/२०
View Updating
लाइभ: १२ पढ्दैछन्
बिर्तामोड–९ मा सन्थाल संस्कृतिको संरक्षणबारे अन्तरक्रिया, ज्येष्ठ नागरिक सम्मानित

झापा, बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ९ को आयोजनामा सन्थाल जातिको भाषा, कला, संस्कार तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा वडा नं. ९ का वडा अध्यक्ष हरि प्रसाद चौलागाईं, वडा सदस्य संगीता सिवा र सल्पना राजवंशी लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, सन्थाल समुदायका अग्रज व्यक्तित्व तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अन्तरक्रियामा सन्थाल समुदायको वर्तमान सामाजिक, सांस्कृतिक अवस्था, परम्परागत संस्कार तथा संरक्षणका चुनौतीबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले समुदायको मौलिक पहिचान जोगाउन स्थानीय तह, समुदाय र सम्बन्धित निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

सो अवसरमा समुदायका ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्दै उनीहरूले सन्थाल संस्कृतिको संरक्षणमा पुर्‍याएको योगदानको कदर गरिएको थियो।

कार्यक्रममा आगामी दिनमा सन्थाल समुदाय राज्य तथा स्थानीय सरकारसँग अझ नजिकिएर सरकारी सेवा–सुविधा, अवसर तथा विकासका कार्यक्रमसँग कसरी प्रभावकारी रूपमा जोडिन सकिन्छ भन्ने विषयमा समेत सहभागीहरूबीच रचनात्मक छलफल भएको आयोजकले जनाएको छ।

कार्यक्रमले सन्थाल समुदायको भाषा, संस्कृति र पहिचान संरक्षणका लागि सामूहिक प्रयासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

-श्याम मुर्मु

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्