अब बैंकमा ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष सुविधा, राष्ट्र बैंकको कडा निर्देशन

सिर्जन मिडिया
२०८३/०२/०९
View Updating
लाइभ: १२ पढ्दैछन्
अब बैंकमा ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष सुविधा, राष्ट्र बैंकको कडा निर्देशन

झापा । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रलाई थप समावेशी र सेवामैत्री बनाउन नयाँ निर्देशन जारी गरेको छ । अब बैंक तथा वित्तीय संस्थाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशिक्षित सेवाग्राहीलाई विशेष प्राथमिकतासहित सेवा दिनुपर्ने भएको छ ।

निर्देशनअनुसार बैंकहरूले छुट्टै सेवा काउण्टरको व्यवस्था गर्नुपर्नेछ भने प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्गमैत्री बनाइनेछ । त्यस्ता शाखाको विवरण सम्बन्धित बैंकको वेबसाइटमा सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

राष्ट्र बैंकले ब्रेललिपि र ध्वनि प्रणालीयुक्त अपाङ्गमैत्री एटिएम राख्नुपर्ने व्यवस्था लागू गरेको छ । साथै, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वेबसाइटलाई दृष्टिविहीनमैत्री बनाउनुपर्ने उल्लेख गरिएको छ ।

यसका साथै कर्मचारीलाई अतिरिक्त समय काम गराउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने तथा जबर्जस्ती ओभरटाइम गर्न नपाइने स्पष्ट व्यवस्था गरिएको छ ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्