चार महिनामा २०९ जनाले पाए आमाको नामबाट नागरिकता

झापा । आमाको नामबाट नागरिकता पाउनेको संख्या बढ्दो
बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नागरिकता दिने सरकारी व्यवस्था लागू भएपछि चार महिनाको अवधिमा २०९ जनाले वंशज नागरिकता प्राप्त गरेका छन् ।
मन्त्रिपरिषद्ले २०८२ पुस ११ गते गरेको निर्णयपछि पुस २१ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी देशभरका जिल्ला प्रशासन कार्यालयमा कार्यान्वयनका लागि परिपत्र गरिएको थियो ।
सोही निर्णयअनुसार २०८२ माघ ६ गतेदेखि आमाको नामबाट नागरिकता वितरण सुरु भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली नागरिक आमाबाट नेपालमै जन्मिएका तर बाबुको पहिचान नखुलेका व्यक्तिले आवश्यक स्वघोषणा र कानुनी प्रक्रिया पूरा गरेपछि वंशज नागरिकता पाउन थालेका हुन् ।
जिल्ला प्रशासन कार्यालयको विवरणअनुसार २०८२ माघ ६ गतेदेखि २०८३ जेठ ९ गतेसम्म २०९ जनाले आमाको नामबाट नागरिकता लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
