हल्दिवारी गाउँपालिका–२ मा अत्यधिक गर्मीका कारण लुखि हेमरमको मृत्यु!

झापा, हल्दिवारी — हल्दिवारी गाउँपालिका–२, पशुपति चोक पूर्व बसोबास गर्ने लुखि हेमरम मृत अवस्थामा फेला परेका छन्।
प्राप्त जानकारीअनुसार अत्यधिक गर्मीका कारण उनको मृत्यु भएको आशंका गरिएको छ। उनी कमल राईको बगानबाट पशुपति चोक जोड्ने बाटोमा मृत अवस्थामा फेला परेको स्थानीयले बताएका छन्।
घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ। मृत्युको यथार्थ कारण भने सम्बन्धित निकायको अनुसन्धान र चिकित्सकीय परीक्षणपछि मात्र खुल्ने जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
