तोरी पिसाउन निस्किएका हल्दीबारीका गोपाल टुडु बेपत्ता, परिवारद्वारा खोजीको अपिल

झापा, हल्दीबारी। झापाको हल्दीबारी गाउँपालिका–२ निवासी ५६ वर्षीय गोपाल टुडु गत जेठ ३ गतेदेखि सम्पर्कविहीन भएका छन्।
परिवारका अनुसार टुडु घरबाट तोरीको तेल पिसाउन भन्दै निस्किएका थिए। उनले तोरी पिसाएर पिना समेत बिक्री गरेको जानकारी प्राप्त भए पनि त्यसपछि घर फर्केर नआएको परिवारले जनाएको छ। घटना भएको दिनदेखि नै आफन्त तथा परिवारका सदस्यहरूले विभिन्न स्थानमा खोजी कार्य जारी राखे पनि हालसम्म उनको अवस्था र ठेगाना खुल्न सकेको छैन।
परिवारले उपलब्ध गराएको तस्वीरका आधारमा कसैले गोपाल टुडुलाई देख्नुभएको वा उनको बारेमा कुनै जानकारी प्राप्त भएको भए नजिकको प्रहरी कार्यालय वा परिवारलाई तत्काल जानकारी गराइदिन अनुरोध गरेको छ।
सम्पर्क नम्बर :
📞 ९८०६०७५८५४
📞 ९८२४९०३९२२
गोपाल टुडुको खोजीमा सहयोग पुर्याइदिन परिवारले सबैमा हार्दिक अपिल गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
