घरमै देखिएकी १० वर्षीया कृपा किस्कु दिउँसोपछि बेपत्ता, परिवारमा गहिरो चिन्ता

सिर्जन मिडिया
२०८३/०२/०९
View Updating
लाइभ: १२ पढ्दैछन्
घरमै देखिएकी १० वर्षीया कृपा किस्कु दिउँसोपछि बेपत्ता, परिवारमा गहिरो चिन्ता

झापा । “घरमै थिई, तर अहिले छैन…” — १० वर्षीया कृपा किस्कु बेपत्ता भएपछि परिवारको बिलौना

झापा गाउँपालिका–७ दयालधामकी १० वर्षीया बालिका कृपा किस्कु दिउँसोदेखि बेपत्ता भएकी छन्। कक्षा ६ मा अध्ययनरत उनी दिउँसो करिब १२ बजेसम्म घरमै रहेको परिवारको भनाइ छ। त्यसपछि भने उनी अचानक हराएकी हुन्।

परिवारले घर आसपास र टोलभरि खोजी गरे पनि अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन। हजुरबुबा हल्दी मुर्मुका अनुसार कृपा घरमै रहेकी थिइन् तर केही समयमै उनी कहाँ गइन् भन्ने थाहा हुन सकेको छैन।

घटना पछि परिवारमा बेचैनी र शोक छाएको छ भने स्थानीयवासी पनि खोजी कार्यमा जुटेका छन्। घर आँगनमा खेल्दै हिँड्ने बालिका एक्कासि बेपत्ता भएपछि वातावरण भावुक बनेको छ।

परिवारले सबैसँग सहयोगको अपिल गर्दै कृपाको कुनै जानकारी भए नजिकको प्रहरी कार्यालय वा परिवारलाई तुरुन्त सम्पर्क गर्न अनुरोध गरेको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्