प्रधानमन्त्रीको भनाइ नसच्चिएसम्म सदन चल्न नदिने चेतावनी

झापा । प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभामा तनावपूर्ण अवस्था सिर्जना भएको छ। सोमबारको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको भनाइको विरोध गर्दै सदन अवरुद्ध पारेका हुन्।
प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीले प्रतिनिधि सभामा दिएको अभिव्यक्ति आपत्तिजनक रहेको दाबी गर्दै उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्। उनीहरूले माग सम्बोधन नभएसम्म संसद् सञ्चालन हुन नदिने अडान लिएका छन्।
आइतबार प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवादबारे बोल्दै भारतले मात्र नभई नेपालले पनि भारतीय भूमि अतिक्रमण गरेको उल्लेख गर्नुभएको थियो। साथै, यस्ता विषय संवाद र वार्तामार्फत समाधान गर्नुपर्ने धारणा राख्नुभएको थियो।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि राजनीतिक वृत्तमा व्यापक बहस सुरु भएको छ। विपक्षी दल र विभिन्न क्षेत्रका व्यक्तिहरूले यसलाई राष्ट्रिय हितसँग जोडिएको संवेदनशील विषय भन्दै आलोचना गरिरहेका छन्। विरोधका कारण राष्ट्रिय सभा बैठक तत्कालका लागि अवरुद्ध बनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
