बैंक कर्मचारीलाई राहत : अब जबर्जस्ती ‘ओभर टाइम’ गराउन नपाइने

सिर्जन मिडिया
२०८३/०२/१०
View Updating
लाइभ: १२ पढ्दैछन्
बैंक कर्मचारीलाई राहत : अब जबर्जस्ती ‘ओभर टाइम’ गराउन नपाइने

झापा । बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई कार्यालय समयभन्दा बढी काममा लगाउन पाउने छैनन् । नेपाल राष्ट्र बैंक ले सर्कुलर जारी गर्दै कामको समय व्यवस्थापन र अतिरिक्त कामको भुक्तानीलाई अनिवार्य बनाएको हो ।

नयाँ निर्देशनअनुसार बैंकहरूले आन्तरिक नीति वा व्यवस्थापनको निर्णय भन्दै कर्मचारीलाई नियमित समयभन्दा बढी काममा खटाउन सक्ने छैनन् । यदि अत्यावश्यक अवस्थामा अतिरिक्त समय काम गराइएमा त्यसको प्रतिफलस्वरूप ओभरटाइम भुक्तानी दिनुपर्ने व्यवस्था गरिएको छ ।

बैंकिङ क्षेत्रमा लामो समय काम गराउने, बिदाको दिन पनि कार्यालयमा बोलाउने र अतिरिक्त सेवा गराएर पनि पारिश्रमिक नदिने गुनासो बढ्दै गएपछि राष्ट्र बैंकले यस्तो कदम चालेको हो ।

यससँगै अब बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको कामको समय सीमित हुने र अतिरिक्त कामको कानुनी भुक्तानी सुनिश्चित हुने अपेक्षा गरिएको छ ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्