बिदा सकिएपछि कार्यालयमा नफर्किएका कर्मचारीको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

सिर्जन मिडिया
२०८३/०२/२२
View Updating
लाइभ: १२ पढ्दैछन्
बिदा सकिएपछि कार्यालयमा नफर्किएका कर्मचारीको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

झापा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अध्ययन बिदा वा असाधारण बिदामा रहेका तर बिदा सकिएपछि पनि कार्यालयमा हाजिर नभएका निजामती कर्मचारीहरूको विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ।

मन्त्रालयका अनुसार केही कर्मचारीहरू बिदा अवधि समाप्त भएपछि नियमित रूपमा कार्यस्थलमा नफर्किएको, लामो समयदेखि कार्यालयको सम्पर्कबाहिर रहेको तथा राष्ट्रिय किताबखाना (निजामती) मा उनीहरूको व्यक्तिगत विवरण (PIS) अद्यावधिक नभएको सम्बन्धमा गुनासा र जानकारी प्राप्त भएपछि सूचना जारी गरिएको हो।

जारी सूचनामा अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी अभिलेख अद्यावधिक नभएका कर्मचारीहरूलाई सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र राष्ट्रिय किताबखाना (निजामती) मा आफ्नो विवरण अनिवार्य रूपमा अद्यावधिक गर्न भनिएको छ।

त्यस्तै, मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीय कार्यालयहरूलाई आफ्नो मातहतबाट विभिन्न समयमा बिदा स्वीकृत भएका कर्मचारीहरूको विवरण संकलन गरी बिदा समाप्तिपछि उनीहरू कार्यालयमा उपस्थित भए वा नभएको यकिन गर्न तथा सम्बन्धित अभिलेख तीन दिनभित्र अद्यावधिक गराउन निर्देशन दिएको छ।

मन्त्रालयले बिदा अवधि सकिएपछि पनि कार्यालयमा नफर्किएका वा लामो समयदेखि सम्पर्कविहीन रहेका कर्मचारीमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।

निजामती सेवाको अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन तथा कर्मचारीहरूको वास्तविक अवस्थाबारे सही विवरण सुनिश्चित गर्न यो कदम चालिएको मन्त्रालयले स्पष्ट पारेको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्