सेयर बजारमा सोमबार हरियाली, नेप्से २७ अंकभन्दा बढीले उकालो

झापा— सोमबार सेयर बजारमा सकारात्मक माहोल देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.८५ अंकले बढ्दै २७८६ अंकमा पुगेको छ। यो पछिल्ला केही सातायताकै उच्च स्तर हो।
बजार सुरुदेखि नै हरियालीमा रह्यो र अन्त्यसम्मै वृद्धि कायम रह्यो। कारोबार रकम पनि उल्लेख्य रूपमा बढ्दै ५ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको ४ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी हो।
आज २३५ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको घटेको छ भने ७ कम्पनी स्थिर रहे।
समूहगत सूचकमा जलविद्युत् क्षेत्र अग्रस्थानमा रह्यो, जसले १.५० प्रतिशतको वृद्धि दर्ता गर्यो। उत्पादन तथा प्रशोधन १.३५, अन्य समूह १.२३, होटल तथा पर्यटन १.०२, माइक्रोफाइनान्स ०.९९, निर्जीवन बीमा ०.९५, बैंकिङ ०.८५, विकास बैंक ०.६९, लगानी ०.७४, जीवन बीमा ०.६४, फाइनान्स ०.५७ र व्यापार समूह ०.३२ प्रतिशतले बढे।
सबैभन्दा धेरै वृद्धि हुने पाँच कम्पनी सबै जलविद्युत् क्षेत्रका रहेका छन्। थ्रीस्टार हाइड्रोपावर ९.०१ प्रतिशतले बढेर शीर्षमा रह्यो। त्यसपछि सुपर खुदी हाइड्रोपावर ८.३२ प्रतिशत, अपर हेवाखोला ५.३८ प्रतिशत, मायाखोला हाइड्रोपावर ५.३४ प्रतिशत र रिजलाइन इनर्जी ५.१९ प्रतिशतले वृद्धि भए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
