करेन्ट लगाएर माछा मार्ने क्रममा झापामा एक जनाको मृत्यु

झापा ।झापाको अर्जुनधारा नगरपालिकामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको ज्यान गएको छ। अर्जुनधारा–११ स्थित कालीमन्दिर नजिक रहेको हिले खोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा स्थानीय ४४ वर्षीय सागर भनिने डम्बर हस्दा गम्भीर घाइते भएका थिए।
प्राप्त जानकारीअनुसार खोलामा करेन्ट प्रवाह गरी माछा मार्ने प्रयास गरिरहेका बेला अचानक उनी आफैं विद्युत् प्रवाहको चपेटामा परेका थिए। करेन्ट लागेपछि घटनास्थलमा रहेका स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका थिए। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनापछि उक्त क्षेत्रमा शोकको वातावरण छाएको छ। स्थानीयवासीले करेन्ट प्रयोग गरेर माछा मार्ने कार्य अत्यन्त जोखिमपूर्ण हुने भएकाले यस्ता गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। साथै, करेन्ट प्रयोग गरी माछा मार्ने कार्य गैरकानुनी र मानव जीवनका लागि घातक हुने भएकाले यस्ता गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
