रतुवा खोलामा बोराभित्र भेटिएको शवको पहिचान, अनुसन्धान तीव्र

झापा । झापाको गौरादह–५ र दमक–१० को सिमानामा पर्ने रतुवा खोलाको पुलमुनि बोराभित्र फेला परेको युवतीको शवको पहिचान खुलेको छ।
प्रहरीले दिएको जानकारीअनुसार मृतक दमक नगरपालिका–८ बसन्तटोलकी २१ वर्षीया रमा तिवारी हुन्। उनका अभिभावक नारायण तिवारी र मुना तिवारीले शवको सनाखत गरेपछि पहिचान पुष्टि भएको हो।
प्रारम्भिक अनुसन्धानमा रमा जेठ १३ गते राति घरबाट बाहिरिएको र त्यसपछि परिवारको सम्पर्कमा नआएको खुलेको छ।
शनिबार बिहान स्थानीय बासिन्दाले खोलाको पुलमुनि बोराभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो।
घटनाले स्थानीय क्षेत्रमा चासो र त्रास दुवै बढाएको छ। शव बोराभित्र फेला परेकाले घटनालाई प्रहरीले शंकास्पद रूपमा हेरेर अनुसन्धान गरिरहेको जनाएको छ। मृत्युको वास्तविक कारण र घटनाको पृष्ठभूमिबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
