बाटोमा फोन खोसेर चोर फरार, सीसी क्यामेरामा दृश्य कैद

सिर्जन मिडिया
२०८३/०२/०२
View Updating
लाइभ: १२ पढ्दैछन्
बाटोमा फोन खोसेर चोर फरार, सीसी क्यामेरामा दृश्य कैद

झापा । झापाको बाह्रदशी गाउँपालिका–०२ खाँडीखाउकी निवासी मनिका सोरेनको बाटोमा फोन खोसेर चोर फरार भएका छन् ।

प्राप्त जानकारी अनुसार मनिका सोरेन राजगढतर्फ जाँदै गर्दा बाटोमा फोनमा कुरा गरिरहेकी थिइन् । सोही क्रममा अज्ञात व्यक्तिले अचानक उनको मोबाइल फोन खोसेर फरार भएको बताइएको छ ।

घटनापछि स्थानीयवासी तथा पीडित पक्षले खोजी कार्य थालेका छन् । घटनाको दृश्य आसपासको सीसी क्यामेरामा कैद भएको जनाइएको छ । तर, सीसी क्यामेरामा गाडी देखिए पनि नम्बर स्पष्ट रूपमा नदेखिएकाले पहिचान हुन नसकेको बताइएको छ ।

घटनाबारे प्रहरीलाई जानकारी गराइएको छ भने स्थानीयले थप अनुसन्धान तथा पहिचानका लागि सहयोग गरिदिन आग्रह गरेका छन् ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्