सुस्तामा तटबन्ध निर्माणमा भारतीय एसएसबीको अवरोध

सिर्जन मिडिया
२०८३/०२/१८
View Updating
लाइभ: १२ पढ्दैछन्
सुस्तामा तटबन्ध निर्माणमा भारतीय एसएसबीको अवरोध

झापा ।पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन तटबन्धको काममा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले अवरोध गरेको घटना सार्वजनिक भएको छ। स्थानीयका अनुसार हिजो अपराह्न नेपाली भूमिमा प्रवेश गरेको एसएसबीको टोलीले सुस्ता–५ मा निर्माण भइरहेको तटबन्धको काम रोक्न आग्रह गरेको थियो।

कटान र डुबानको जोखिमबाट सुस्ता क्षेत्रलाई जोगाउने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले करिब १४ करोड रुपैयाँ लागतमा तटबन्ध निर्माण गरिरहेको छ। निर्माणस्थलमा पुगेका भारतीय सुरक्षाकर्मीहरूले काम रोक्न भनेपछि स्थानीयवासीमा चिन्ता बढेको छ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक नेपालका अनुसार हाल निर्माण भइरहेको तटबन्धभन्दा करिब ५० मिटर पूर्वतर्फ नेपालकै भूभागमा नयाँ बाँध निर्माणको तयारी भइरहेका बेला भारतीय पक्षले चासो देखाउँदै अवरोध गरेको जानकारी प्राप्त भएको छ। उनले यस विषयमा भारतीय समकक्षीसँग संवादको प्रयास भइरहेको बताए।

घटनाको यथार्थ बुझ्न सीमा सुरक्षा हेर्ने सशस्त्र प्रहरीका एसपी गोविन्द खातीलाई स्थलमा पठाइएको छ। एसपी खातीका अनुसार नेपाल र भारतका सुरक्षाकर्मी संयुक्त सीमा अनुगमनका क्रममा उक्त क्षेत्रमा पुगेका थिए।

सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले भने भारतीय पक्षले विकास निर्माण तथा प्राकृतिक विपत्तिबाट बचाउन भइरहेको तटबन्ध निर्माणमा हस्तक्षेप गर्ने प्रयास गरेको आरोप लगाए। उनका अनुसार यसबारे जिल्ला प्रशासनमार्फत गृह मन्त्रालयलाई जानकारी गराउने तयारी भइरहेको छ।

गृह मन्त्रालय स्रोतका अनुसार सुस्ता–५ स्थित नारायणी नदीको झोलुङ्गे पुल आसपास क्षेत्रमा करिब एक किलोमिटर र थप १३२ मिटर लम्बाइको तटबन्ध निर्माण भइरहेको छ। वर्षौंदेखिको कटानका कारण सुस्ताको भूभाग उल्लेखनीय रूपमा घट्दै गएको छ। २०३० सालअघि करिब ७५ हजार हेक्टर क्षेत्रफल रहेको सुस्तामा हाल करिब ७ हजार हेक्टर भूमि मात्र बाँकी रहेको बताइन्छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्