
झापा । मोरङको उर्लाबारी नगरपालिका–७ गोलचोकबाट लागूऔषध (ब्राउन सुगर) सहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मोटरसाइकल चालक उर्लाबारी–६ निवासी २९ वर्षीय केशव श्रेष्ठ र पछाडि सवार उर्लाबारी–५ निवासी २४ वर्षीय निश्चल गुरुङ रहेका छन्।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले प्र.१–०२–०५० प १९६० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
चेकजाँचका क्रममा केशव श्रेष्ठको मलद्वारबाट प्लास्टिकसहित १८ ग्राम ९२० मिलिग्राम तथा प्लास्टिकबाहेक १४ ग्राम ७२० मिलिग्राम लागूऔषध (ब्राउन सुगर) फेला परेको प्रहरीले जनाएको छ।
त्यसैगरी, निश्चल गुरुङको मलद्वारबाट पनि प्लास्टिकसहित ११ ग्राम तथा प्लास्टिकबाहेक ९ ग्राम ४०० मिलिग्राम लागूऔषध फेला परेको छ।
हाल दुवै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
