गौरीगञ्जमा चट्याङ लागेर युवकको मृत्यु

सिर्जन मिडिया
२०८३/०३/०९
View Updating
लाइभ: १२ पढ्दैछन्
गौरीगञ्जमा चट्याङ लागेर युवकको मृत्यु

झापा । झापाको गौरीगञ्ज गाउँपालिकामा मंगलबार बिहान चट्याङ लागेर एक जनाको ज्यान गएको छ।

मृत्यु हुनेमा भोजपुर जिल्ला आमचोक गाउँपालिका–९ स्थायी घर भएका ३० वर्षीय बलबहादुर श्रेष्ठ रहेका छन्। उनी हाल झापाको गौरीगञ्ज गाउँपालिका–३ स्थित सयपत्री टोलमा स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका थिए।

इलाका प्रहरी कार्यालय गौरीगञ्जका अनुसार आज बिहान करिब ६:३० बजे खेतमा आली खन्ने क्रममा वर्षासँगै परेको चट्याङ श्रेष्ठलाई लागेको थियो। चट्याङ लागेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ।

घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्