बकर इद देशभर श्रद्धा र उत्साहका साथ मनाइँदै, मस्जिदहरूमा बिहानैदेखि नमाज सम्पन्न

सिर्जन मिडिया
२०८३/०२/१४
View Updating
लाइभ: १२ पढ्दैछन्
बकर इद देशभर श्रद्धा र उत्साहका साथ मनाइँदै, मस्जिदहरूमा बिहानैदेखि नमाज सम्पन्न

झापा । मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व बकर इद आज देशभर धार्मिक श्रद्धा र उत्साहका साथ मनाइँदै छ । इदुल जोहाका नामले समेत परिचित यस पर्वका अवसरमा मस्जिद तथा इदगाहहरूमा बिहानैदेखि नमाज अदा गर्ने श्रद्धालुहरूको भीड लागेको छ ।
रमजानपछि करिब ७० दिनमा पर्ने बकर इदलाई इस्लाम धर्ममा त्याग र विश्वासको पर्वका रूपमा लिने गरिन्छ । धार्मिक विश्वासअनुसार नवी इब्राहिम अलैहिस्सलामले अल्लाहको आदेश पालना गर्दै आफ्ना पुत्र इस्माइललाई कुर्बानी दिन तयार भएको घटनाको सम्झनामा यो पर्व मनाउने परम्परा रहेको छ ।
पर्वका अवसरमा मुस्लिम समुदायले धर्मले मान्यता दिएका जनावरको कुर्बानी दिई अल्लाहप्रति आफ्नो समर्पण व्यक्त गर्ने गर्दछन् । कुर्बानीको मासु गरिब, आफन्त र परिवारबीच बाँड्ने चलनले सामाजिक समानता र सहअस्तित्वको सन्देश दिने विश्वास गरिएको छ ।
काठमाडौंस्थित नेपाली जामे मस्जिदसहित देशभरका मस्जिदहरूमा विशेष नमाज सम्पन्न भएको छ । नमाजपछि एकअर्कामा शुभकामना आदानप्रदान गर्दै भाइचारा र सद्भाव साटासाट गरिएको छ ।
त्याग, मानवता र सामाजिक एकताको भावना बोकेको बकर इदले समाजमा आपसी सद्भाव र सहिष्णुतालाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्