लिपुलेक–कालापानीबारे प्रधानमन्त्री बालेनको स्पष्ट सन्देश : ‘नेपालसँग पर्याप्त प्रमाण छ’

सिर्जन मिडिया
२०८३/०३/०७
View Updating
लाइभ: १२ पढ्दैछन्
लिपुलेक–कालापानीबारे प्रधानमन्त्री बालेनको स्पष्ट सन्देश : ‘नेपालसँग पर्याप्त प्रमाण छ’

झापा । प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक र कालापानी नेपालको भूभाग भएको पुष्टि गर्ने पर्याप्त ऐतिहासिक प्रमाण नेपालसँग रहेको बताएका छन्।

चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सीमासम्बन्धी विषयमा नेपालले आफ्नो राष्ट्रिय हित र सार्वभौमिकताका पक्षमा दृढतापूर्वक आवाज उठाउने बताए।

सीमाको विषय उठाउँदा छिमेकी राष्ट्रहरूले आपत्ति जनाउनु स्वाभाविक भएको उल्लेख गर्दै उनले नेपालसँग आफ्नो दाबी पुष्टि गर्ने ठोस आधार रहेको दाबी गरे।

‘सीमाको विषयमा बोल्दा जुनसुकै देशले आपत्ति जनाउँछन्। यदि उहाँहरूसँग प्रमाण छ भने ल्याउनुस्, हामीसँग पनि प्रमाण छ। कालापानी र लिपुलेक नेपालको भूभाग भएको पुष्टि गर्ने ऐतिहासिक प्रमाण हामीसँग सुरक्षित छन्,’ प्रधानमन्त्री शाहले भने।

उनले आवश्यक परे तत्कालीन ब्रिटिस शासनकालसँग सम्बन्धित ऐतिहासिक दस्तावेजसमेत प्राप्त गर्न सकिने बताए। तर, यसलाई ब्रिटिसलाई मध्यस्थकर्ताको भूमिकामा ल्याउने प्रयासका रूपमा नबुझ्न आग्रह गरे।

‘प्रमाणहरू ब्रिटिस शासनकालसँग सम्बन्धित भएकाले आवश्यक परे त्यहाँबाट अभिलेख ल्याउन सकिन्छ। तर, हामीले कुनै तेस्रो पक्षलाई मध्यस्थकर्ता बनाउन खोजेका छैनौं। हाम्रो छिमेकीसँग हामी आफैं संवाद र कूटनीतिक पहलमार्फत समाधान खोज्छौं,’ उनले स्पष्ट पारे।

प्रधानमन्त्री शाहले आफ्नो राष्ट्रवादी अडानमाथि शंका नगर्न आग्रह गर्दै नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको संरक्षणमा सरकार दृढ रहेको बताए।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्