झापामा कुखुरा मासु पसलमा आगलागी, ६० हजार रुपैयाँ बराबरको क्षति

सिर्जन मिडिया
२०८३/०२/१९
View Updating
लाइभ: १२ पढ्दैछन्
झापामा कुखुरा मासु पसलमा आगलागी, ६० हजार रुपैयाँ बराबरको क्षति

झापा । झापा गाउँपालिका–२ स्थित झापा बजारमा रहेको एक कुखुरा मासु पसलमा आज बिहान आगलागी हुँदा पसलमा रहेका सम्पूर्ण सामग्री नष्ट भएका छन्।

प्रहरीका अनुसार बिहान करिब ३:४० बजे उमेश दर्जीले सञ्चालन गर्दै आएको कुखुरा मासु पसलमा अचानक आगो लागेको थियो। आगलागीको कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।

आगलागीका कारण पसलभित्र रहेका तीनवटा ग्यास चुलो, ग्यास सिलिन्डर, भाडावर्तन, पाँचवटा कुखुरा, चारवटा टेबल–कुर्सी, पाँचवटा टिनका पाता लगायतका सामग्री जलेर नष्ट भएका छन्।

प्रारम्भिक विवरणअनुसार घटनाबाट करिब ६० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ। आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

स्थानीयवासीको सक्रियतामा बिहान करिब ४ बजे आगो नियन्त्रणमा लिइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्