बालेनपछि स्वर्णिम, शिशिर र विराजभक्त; पाँचौं नम्बरमा सुधन गुरुङ

झापा ।मन्त्रिपरिषद्मा गृहमन्त्री सुधन गुरुङलाई पाँचौं वरियता प्रदान गरिएको छ।
सरकारले निर्धारण गरेको नयाँ वरियताक्रमअनुसार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पहिलो स्थानमा रहेका छन्। दोस्रो वरियतामा अर्थमन्त्री स्वर्णिम वाग्ले, तेस्रोमा परराष्ट्रमन्त्री शिशिर खनाल तथा चौथो स्थानमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन्।
गृहमन्त्री सुधन गुरुङलाई पाँचौं वरियता दिइएको छ भने पूर्वाधार विकासमन्त्री सुनिल लम्साल छैटौं स्थानमा रहेका छन्। त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सातौं वरियतामा परेकी छन्।
मन्त्रिपरिषद्को वरियताक्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन आठौं स्थानमा रहेका छन्।
सरकारले सार्वजनिक गरेको यस वरियताक्रमले मन्त्रिपरिषद्भित्रको औपचारिक वरिष्ठता तथा कार्यगत प्राथमिकतालाई संकेत गर्ने बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
