आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, मेघगर्जन र चट्याङको चेतावनी

सिर्जन मिडिया
२०८३/०२/२७
View Updating
लाइभ: १२ पढ्दैछन्
आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, मेघगर्जन र चट्याङको चेतावनी

झापा । नेपालमा अहिले उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव कायम रहँदा देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ। कोशी प्रदेशका केही स्थानमा हल्का वर्षासमेत भइरहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।

यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई जिल्लाका केही स्थानमा अत्यधिक गर्मी अर्थात् तातो दिनको अवस्था रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदली कायम रहनेछ। मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

मौसमविद्हरूले वर्षा, चट्याङ तथा हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्