आजको मौसम : अधिकांश क्षेत्रमा बदली, केही ठाउँमा वर्षाको सम्भावना

झापा । देशभर आज मौसम सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।
हिमाली र पहाडी क्षेत्रका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा गर्मीको प्रभाव कायम रहने र तातो दिन अनुभव हुन सक्ने जनाइएको छ।
रातिको समयमा हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भाग र बागमती, गण्डकी तथा कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
