मौसम अपडेट: शनिबार देशका धेरै ठाउँमा वर्षाको सम्भावना

सिर्जन मिडिया
२०८३/०२/१६
View Updating
लाइभ: १२ पढ्दैछन्
मौसम अपडेट: शनिबार देशका धेरै ठाउँमा वर्षाको सम्भावना

झापा । शनिबार देशका अधिकांश भागमा मौसम बदली रहने भएको छ। मौसमविद्का अनुसार विशेषगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने सम्भावना रहेको छ।

तराईका केही क्षेत्रमा पनि वर्षाको सम्भावना रहेकाले दैनिक जनजीवन प्रभावित हुन सक्ने अनुमान गरिएको छ। साथै, तराई र पहाडी भूभागका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

राति भने देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली कायम रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही उच्च भूभागमा हल्का वर्षा वा हिमपात हुन सक्ने मौसम पूर्वानुमान छ। अन्य क्षेत्रको मौसम भने आंशिक बदली रहने अपेक्षा गरिएको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्