दमकमा बोराभित्र महिलाको शव फेला, पहिचान खुलेन

सिर्जन मिडिया
२०८३/०२/१६
View Updating
लाइभ: १२ पढ्दैछन्
दमकमा बोराभित्र महिलाको शव फेला, पहिचान खुलेन

झापा, जेठ ३० — झापाको दमक नगरपालिका–१० स्थित सेतुमारी पुलमुनि रतुवा खोलामा एक महिलाको शव फेला परेको छ।

प्रहरीका अनुसार महिलाको शव बोराभित्र बाँधेर खोलाको पानीमा फालिएको अवस्थामा भेटिएको हो। आज बिहान करिब १०:३० बजे स्थानीयबाट सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

शव फेला पर्दा महिलाको कपाल र एक हात बोराबाहिर निस्किएको तथा शरीरको अधिकांश भाग बोराभित्र रहेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार मृतक महिला अन्दाजी २० देखि २२ वर्ष उमेर समूहकी देखिएकी छन्। हालसम्म उनको पहिचान खुल्न सकेको छैन।

घटनाको प्रकृति शंकास्पद देखिएकाले प्रहरीले शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी गरेको छ। साथै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्